काठमाडाैं उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित

  २०७७ असार २५ गते १६:२२     विकासन्युज

काठमाडाैं । बिहिबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु सबैजना काठमाडाैंकाे रहेकाे गाैतमले बताए ।

बिहिबार नेपालमा १ सय ८ जना काेराेना संक्रमित थपिएका छन् भने १ सय ३९ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.