नेपालमा थप १ सय ८ जनामा कोरोना पुष्टि

  २०७७ असार २५ गते १६:२१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १६ हजार ५ सय ३१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ७८ सय ९१ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ७१ हजार १ सय ४५ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।

हाल देशभर २४ हजार ४ सय २५ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ६ सय ५ जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.