कृषि विकास बैंकको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

  २०७७ असार २५ गते १६:०७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको १०.३५ प्रतिशत व्याजदर रहेको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३” नामको ऋणपत्र कारोबारको लागि नेप्सेमा सूचीकरण भएको हो ।

सो सम्बन्धी कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबीच बिहीबार सम्झौता भएको छ । जसमा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कृषि विकास बैंकको “एडीबीएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.