बूढानीलकण्ठ स्कुलले विद्यालय सञ्चालन नभएको समयकाे शुल्क नलिने

  २०७७ असार २५ गते १५:४८     विकासन्युज

काठमाडौं । बुढानिलकण्ठ स्कुलले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए ।

विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.