इन्धनको मूल्य भारतभन्दा नेपालमा सस्तो, हालसम्मकै उच्च मूल्यअन्तर

  २०७७ असार २५ गते १४:४७     विकासन्युज

काठमाडौं । भारतभन्दा नेपालमा इन्धनको मूल्य सस्तो देखिएको छ । भारतीय सीमावर्ती बजार नेपालमा इन्धनको मूल्य अहिले धेरै अन्तर देखिएको छ । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटरमा ४२ रुपैयाँले मूल्यअन्तर छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले वर्तमान सीमा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताए । अहिले लकडाउन खुल्दै गएपछि दुई देशबीचको इन्धनको मूल्यअन्तर पनि बढ्दै गएको उनको भनाई छ ।

नेपालका भारतीय सीमानाकामा जोडिएका जिल्लाहरु र भारतीय बजारमा इन्धनको मूल्य धेरैको मूल्यअन्तर देखिएको छ । भारतमा १ सय ३४ रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोलको मूल्य नेपाली बजार अर्थात रक्सौल नजिकैको वीरगञ्जमा ९९ रुपैयाँ ५० पैसा पर्दै आएको छ ।

यस्तै, रक्सौलमा डिजेलको मूल्य पनि प्रतिलिटर मूल्य १ सय २४ छ छ भने नेपालको वीरगञ्जमा ८५ रुपैयाँ ५० पैसामा पाइन्छ ।

यस्तै, धनगढीभन्दा पलियामा पनि पेट्रोल र डिजेलको मूल्य बढी पर्छ । भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ । यस्तै, विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.