सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ४ सयमा कारोबार

  २०७७ असार २५ गते ११:३१     विकासन्युज

काठमाडौं । विहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ९ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.