साधना लघुवित्तको सेयर भर्ने म्याद सकियो, १६ गुणा बढी आवेदन, कतिले भरे ?

  २०७७ असार २४ गते १८:१३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आजबाट सकिएको छ । संस्थाले माग गरेभन्दा बढी आवेदन परेपछि उक्त सेयर निष्काशन बन्द छिटो मितिमा भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हाे । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएकाे थियाे ।

जसमा ४ लाख ४७ हजार एक सय २३ जनाले साे मात्रा अर्थात एक अर्ब ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरकाे सेयर माग गरेका छन् । त्यस्तै, आईपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन याेग्य नभएकाेले रद्ध भएकाे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएकाे छ ।

संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ ।

त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियाे । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.