नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त

  २०७७ असार २४ गते १७:२७     विकासन्युज

काठमाडाैं । नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएका छन् । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् ।

उनले धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएका बताए ।

बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.