महामारीमा चियापसलकाे भ‍ेटघाट बन्द गराैं- स्वास्थ्य मन्त्रालय

  २०७७ असार २४ गते १७:१६     विकासन्युज

काठमाडाैं ।  महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्बालयले आग्रह गरेकेा छ । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न आग्रह गरेकेा हुन् ।

कसलाई काेराेना लागेकाे थाहा नहुने भन्दै गाैतमले यस्ताे समयमा साथीभाईहरुभन्दा पनि घरपरिवारसँग चियाकाे चुस्की लिँदा सबैकाे लागि उचित हुने बताए । उनी भन्छन्, ‘चियापसलमा साथीसँग भेटेर चिया खानु मज्जा हुन्छ । यस महामारीकाे बेलामा चियापसलकाे भेटघाटलाई निरुत्साहित गर्दै घरपरिवारसँगै दुखसुख साट्दै चियाकाे घट्की लगाउनुकाे मज्जा बेग्लै हुन्छ र हामी सुरक्षित पनि रहन सक्छाैं ।’

उनले पसल, बाटाेमा लकडाउन खकुलेभएसँगै देखिएकाे भिडभाडहरु सामान्य देखिए पनि सामान्य नभएकाे बताए । आफ्नाे साथीभाईलाई काेराेना छैन भन्ने भ्रम हटाउन पनि उनले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.