लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर पारित, हकप्रद लिएकाले पनि पाउने

  २०७७ असार २४ गते १४:४१     विकासन्युज


काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित ८.१२५ प्रतिशत बोनस सेयर पारित भएको छ । कम्पनीको आज(असार २४ गते) सम्पन्न १५औं वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँको ८.१२५ प्रतिशतले हुन आउने खुद ८ करोड ५८ लाख रुपैयाँ बराबरको बोनस सेयर पारित गरेको हो । उक्त बोनस आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बिगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयर लिनेले समेत पाउने कम्पनीले जनाएको छ ।

साथै, सभाले कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले वृद्धि भई १ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन भएको कम्पनीले जानकारी गराएको छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराईलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यससँगै उनीहरुले आगामी चार वर्षसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.