कामना सेवा र रेमिट टु नेपालबीच रेमिट्यान्स सम्झौता 

  २०७७ असार २४ गते १२:३८     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक र रेमिट टु नेपालबीच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धि कारोबार गर्ने गरी सम्झौता भएको छ ।

बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौंकाे ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।  साथै एबीबीएस्, एसएम्एस बैंकिङ्ग, मोबाइल , सी एएस्बीए, अनलाइनमार्फत खाता खोल्नलगायतका सेवाहरु प्रदान गरिरहेको छ ।

यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ भने रेमिट टु नेपालले स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.