नेप्सको अनलाइन प्रणाली भरपर्दो बनाउन यस्तो छ झाँक्री समितिको सुझाव

  २०७७ असार २४ गते १२:१७     विकासन्युज

काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदनले नेप्सको अनलाइन प्रणाली विश्वाशिलो तथा भरपर्दो बनाउन सिफारिस गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले हाल पूर्णरुपमा स्वचालित तथा भरपर्दो नभएको दोश्रो बजार कारोबार तथा राफसाफ प्रणाली थप भरपर्दो बनाउन विभिन्न सुझावहरु अर्थसमितमा पेश गरेकाे हो ।

समितिले नेप्सेका संरचनात्मक सुधार र प्राविधिक, भौतिक, व्यवस्थापकीय, वित्तीय र मानव श्रोतको क्षमता विकास गर्दै नेप्सेलाई अन्तर्राष्ट्रियस्तरको स्टक एक्स्चेञ्जको रुपमा विकास गर्न यथाशीघ्र नेपाल स्टक एक्स्चेञ्जमा पुँजी र प्रविधि सहितको विदेशी ख्याती प्राप्त रणनीतिक साझेदार भित्र्याई स्वामित्व पुर्नसंरचना गर्न सुझाव दिएको छ ।

नेप्सेले विभिन्न प्यारामिटर्सहरु बनाई अटो सरमिल्यान्स सिष्टमको माध्यमबाट कारोबारको निगरानी गर्ने, सिष्टममा भएका डाटा सुरक्षित गर्ने र डाटा डिलिट भएमा डिलिट भएको पनि सिष्टममा देखिने गराउनु पर्ने छ ।

त्यस्तै, इन्भेष्टिगेसनलाई प्रभावकारी बनाउन जनशक्ति, कानून, पूर्वाधार, प्रविधि र प्रणालीको विकास गर्नुपर्ने उपसमितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

रेगुलेटरी ज्युरिसडिक्सन भित्र आफ्नो क्षमता अभिवृद्धि गर्ने र यसको लागि नेप्सेमा अटो सर्भिलेन्स सिष्टम जडान गरी लागू गर्नुपर्ने छ ।

नेप्से इन्डेक्सलाई कारोबार, पुँजी, क्षेत्र लगायतका आधारमा परिमार्जन गर्नुपर्ने देखिन्छ ।

त्यसैगरी, भौतिक पूर्वाधार विकासका संरचना, जनशक्ति र प्राविधिक क्षमताका लागि स्रोत साधनको पर्याप्त व्यवस्थापन गरी सुपरभिजन तथा नियमन प्रणालीको सुदृढीकरण तथा क्षमता विस्तार गर्न उपसमितिले सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.