ब्राजिलको राष्ट्रपतिमा देखियाे काेराेना संक्रमण

  २०७७ असार २४ गते ८:०४     विकासन्युज

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकाे छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि उनको स्वास्थ्य परीक्षणमा काेराेना देखिएकाे हाे ।

राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै लकडाउन तथा मास्ककाे प्रयाेगकाेआलोचना गरिरहेका थिए ।  कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.