आईजीपीमा शैलेश थापा नियुक्त

  २०७७ असार २४ गते ६:५३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसमा थापालाई आईजीपी नियुक्त गरेको हो ।

बुधबारबाट आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अवकाश लिँदै छन् । २८औं आईजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हरिबहादुर पाललाई पछि पार्दै थापा आईजीपी बनेका हुन् ।

यस पटकको आईजीपी नियुक्तिमा विगतमा जस्तो कुनै विवाद र हानथाप थिएन । क्षेत्री र पाल दुवै जना २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

क्षेत्रीले डीआईजी हुँदा प्रहरी केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नेतृत्व गरेका थिए । क्षेत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भएर काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.