पछिल्लो २४ घण्टा यता २ लाख बढीमा कोरोना पुष्टि, संक्रमितको संख्या १ करोड १९ नाघ्यो

  २०७७ असार २४ गते ६:४१     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १९ लाख ४१ हजार ६ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार बुधबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४५ हजार ६ सय ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६८ लाख ४४ हजारभन्दा बढी मानिस निको भएका छन् ।

पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख ७ हजार ५ सयभन्दा बढी कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी अमेरिकामा ३० लाख ९६ हजार २ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ५४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ हजार ८ सयभन्दा बढी रहेका छन् । ब्राजिलमा १६ लाख ७४ हजार ६ सयभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ४३ हजार ४ सय ८१ जना संक्रमित पुगेका छन् । २० हजार ६ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ५७ हजार उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १६ हजार १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ४ सय ९९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.