एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्म थप्न नाडाको माग

  २०७७ असार २३ गते १७:२१     विकासन्युज


काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्म थप्न माग गरेको छ । मंगलबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग उक्त माग राखेका हुन् ।

हाल उक्त एक्जीम कोड नविकरण गर्ने म्याद यहि २०७७ असार मसान्तसम्म मात्र रहेको छ ।

नेपालमा ३० हजार व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको छ । हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोड विजोडको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु एक हजार ५ सयको संख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयवधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले उक्त म्याद थप गर्न नाडाले अनुरोध गरेको हो ।

यससँगै यस्तो विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने नाडाको अपेक्षा रहेको छ ।

उक्त छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचार्य, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थ्तिि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.