‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ याेजना शुरू, शतप्रतिशत कर्जा पाइने

  २०७७ असार २३ गते १६:५५     विकासन्युज


काठमाडाैं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले ‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ शुरु गरेको छ । जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् ।

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट व्यवसाय र बैंकको वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास रहेको बताइएको छ ।

One comment on "‘एनएमबि ग्रिन फिक्सड डिपोजिट’ याेजना शुरू, शतप्रतिशत कर्जा पाइने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.