काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना देखियाे

  २०७७ असार २३ गते १६:२९     विकासन्युज

काठमाडौं । काठमाडौंमा १४ सहित उपत्यकामा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पाटन अस्पतालको प्रयोगशालामा भक्तपुर ४ जना, काठमाडौं १२ जना, ललितपुरका १० जनामा कोरोना संक्रमण भएको छ। यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.