कोरोना संक्रमित पत्रकारले अस्पतालको चौथो तलाबाट हाम फाले

  २०७७ असार २३ गते १४:५०     विकासन्युज

काठमाडाैं । भारतमा एक जना काेराेना संक्रमित पत्रकारले अस्पतालकाे चाैथाे तलाबाट हाम फालेकाे जनाइएकाे छ ।

दिल्लीमा अखिल भारतीय आयुर्विज्ञान संस्थानमा कोरोना भाइरसको उपचार गराइरहेका एक ३७ वर्षीय पत्रकारले सोमबार दिउँसो अस्पतालको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकाे भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

उनी  एक हिन्दी पत्रिकाका लागि काम गर्थे । अस्पतालबाट हाम फालेपछि उनलाई तत्काल आइसीयूमा राखिएपनि उनको ज्यान बचाउन नसकिएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.