गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना पुष्टि

  २०७७ असार २३ गते १२:४५     विकासन्युज

काठमाडौं । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना पुष्टि भएकाे छ ।

मंगलबार उपचारकाे क्रममा रहेका ७ जनामा काेराेना देखिएसँगै अस्पताल अति महत्वपूर्ण बाहेक सबै सेवा बन्द गरेकाे अस्पताल स्राेतले जनाएकाे छ ।

अस्पतालले आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचना उल्लेख छ ।
साेमबारमात्र काठमाडाैं उपत्यकामा ५४ जना काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.