अल्फा बिटाले अनलाइनबाटै शुरू गर्याे ब्रिजकोर्स कक्षा

  २०७७ असार २३ गते १२:३६     विकासन्युज

काठमाडाैं । अल्फा बिटाले कक्षा १० सकेर बसेका विद्यार्थीहरुलाई यस वर्षको ब्रिजकोर्स कक्षा अनलाईन माध्यमबाट शुरु गरेको छ । उनीहरूलाई यो लकडाउनको समय सदुपयोग गराउने तथा सैन्ट जेभियर्स, बुढानिलकण्ठ, यस्. ओ. यस्. जस्ता कलेजहरुको इन्ट्रान्स इक्जामको तयारी गराउनका निम्ती उक्त कक्षा शुरु गरेको हाे ।

‘लामो समयको फुर्सदलाई ब्रिजकोर्समा लगाउन सकेमा टप कलेजहरुको इन्ट्रान्स एक्जाममा अब्बल नतिजा ल्याउन सक्ने, आगामी शैक्षिक कार्यक्रमलाई सहज हुने र करिअरका लागि समेत सहयोगी हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सीईओ द्विराज शर्मा भन्छन् । त्यसै खेर जाने समयको सही सदुपयोग गर्न ब्रिजकोर्स  शुरू गरिएकाे उनी बताउँछन् ।

एसइई दिएका विद्यार्थीका लागि कक्षा १० र ११ को कोर्ष र समयको ग्यापलाई जोड्ने उपयुक्त समय हो । नेपालमा पहिलोपटक ब्रिजकोर्स सुरु गरेको अल्फा बिटाले यस वर्ष पनि विद्यार्थीका लागि साइन्स र म्यानेजमेन्टका ब्रिजकोर्सका कक्षा सञ्चालन गरेको छ । अल्फा बिटाले उपलब्ध गराउने ब्रिजकोर्समा कोर्सको ग्याप पूरा गर्ने मात्र होइन, विद्यार्थीको रुचि र क्षमता बुझेर कक्षा-११ मा कस्ता विषय पढ्न उपयुक्त हुन्छ भन्ने सुझाब समेत दिने गरेको छ ।

एकाएक विश्व समुदायमा फैलिएको कोभिड-१९ का कारण सन्सारभरि अहिले अनलाईन शिक्षा को माग बढिरहेको परिस्थिती मा अल्फा बिटा ले पनी आफ्ना सम्पूर्ण कक्षाहरु आईएलटीएस, पीटीई ए, जीआरई, स्याट तथा ब्रिज कोर्स पूर्ण रूपमा अनलाईन माध्यमद्वारा सन्चालन गरिरहेको छ ।

विद्यार्थीहरुले ईसेवा जस्ता अनलाईन पेमेन्ट गेटवेबाट भर्ना शुल्क तिरेर सजिलैसँग आफ्नो रोजाईका कक्षाहरु शुरु गर्न सक्नेछन् ।

अहिले अल्फा बिटामा अनलाईन एसटी जेभियर इन्ट्रान्स प्रिपेरेसन कोर्श गरिरहेका ईपीएस स्कुल मिनभवनका विद्यार्थी नुग मानन्धर भन्छन्- ‘अनलाईन कक्षा भन्दा सुरुमा कस्तो हुन्छ होला भनेर अलि चिन्तित थिए तर डे वान देखी नै क्लासरुममै मै बसेर पढेको अनुभब भयो ।

त्यस्तै, दमक मै बसेर अल्फा बिटाको अनलाईन ब्रिजकोर्स पढ्दै गरेका सुर्यदय ईग्लिश स्कुल झापाका आदित्य आचार्य भन्छन्- ‘अल्फा बिटाले हामी उपत्यका बाहिरका विद्यार्थीलाई त कूरियर गरेर किताब पनि पठाइदिने रहेछ, थाहा पाउना साथ ईसेवाको माध्यमबाट भर्ना गरेर कक्षा शुरु गरिहाँले ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.