प्रतितोला ७ सय रुपैयाँले बढ्यो सुन, ९० हजार ९ सयमा कारोबार

  २०७७ असार २३ गते ११:१८     विकासन्युज

काठमाडौं । मंगलबार सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ७ सय बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै सोमबार प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ९० हजार ४ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

साेमबार प्रतितोला ९ सय ४० रुपैयाँमा बिक्री भएको चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.