मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  २०७७ असार २३ गते ७:५०     विकासन्युज

काठमाडाैं । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो । दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन् ।

उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजेको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.