विश्वभर १ करोड १७ लाखभन्दा बढी काेराेना संक्रमित, निको हुनेको संख्या ६६ लाख बढी

  २०७७ असार २३ गते ६:३६     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड १७ लाख ३१ हजार ८ सय ३६ जना संक्रमित भइसकेका छन् । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ४० हजार १ सय १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ६६ लाख २२ हजारभन्दा बढी मानिस निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा ३० लाख ३९ हजार ९ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ९ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख १० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख २० हजार ३ सय ४६ जना संक्रमित पुगेका छन् । २० हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ४० हजार उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १५ हजार ९ सय ६४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ८ सय ११ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.