हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा, बनाए नयाँ रेकर्ड

  २०७७ असार २२ गते १९:०८     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । आज (२२ असारमा) बसेको बैंक संचालक समिति बैठकले राणालाई नै प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।

राणालाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको एक संचालकले जानकारी दिए । राणाको कार्यकाल सकिएपछि आजैदेखि लागू हुने गरी अर्काे ४ वर्षे कार्यकालको लागि नियुक्त गरिएको छ ।

अर्काे एक कार्यकालको लागि बाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत पदमा सबैभन्दा लामो समय बस्ने नेपाली बैंकरको रेकर्ड पनि राणाले बनाएका छन् । नेपाली बाणिज्य बैंकमा अब उनीभन्दा लामो समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गरेका नेपाली बैंकर छैनन् ।

3 comments on "हिमालयन बैंकको सीइओमा पुनः अशोक राणा, बनाए नयाँ रेकर्ड"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.