साढे २ लाख बढीले भरे साधना लघुवित्तको आईपीओ

  २०७७ असार २२ गते १८:३३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) जारी भएको दोश्रो दिनसम्ममा साढे २ लाख बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुुसार सोमबार साँझ ५ बजेसम्ममा २ लाख ५६ हजार २ सय ८१ जनाले ६२ लाख ९५ हजार २ सय ७० कित्ता सेयर माग गरेका छन् ।

सेयर निष्काशन गरेकाे पहिलाे दिन नै मागभन्दा ५ गुणा बढी आवेदन परेकाे उक्त सेयरमा साेमबार(दाेश्राे दिन)सम्ममा साढे ९ गुणा बढी आवेदन परेकाे छ। संस्थाले असार  २१ गतेदेखि ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयर निष्काशन गरेकाे छ ।

संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.