सल्यान अस्पतालकाे सेवा आजदेखि पुनःसञ्चालन

  २०७७ असार २२ गते १८:०७     विकासन्युज

सल्यान । सल्यान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि बन्द केही सेवा आजदेखि पुनःसञ्चालन भएको छ । यही असार ९ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार ११ गतेदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको थियो ।

करीब डेढ हप्तादेखि अवरुद्ध काम आजदेखि पुनः सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए । असार २१ गते कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीसहित जिल्ला अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा बन्द भएकामा आजदेखि नियमित रुपमा पुनःसञ्चालन भएको अस्पतालले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.