२०७७ असार २२ गते १५:२० विकासन्युज
काठमाडौं । नेपाल एयरलाइन्सका तीनजना पाईलट सहित ७ जनामा कोरोना देखिएकाे छ । नेपाल एयरलाईन्स प्रवक्ता अर्चना खड्काले तीनजना पाईलट सहित ७ जनामा कोरोना देखिएकाे पुष्टि गरेकी हुन् ।
एयरलाईन्सकाे ४ सय जनाकाे परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएकाे उनले बताईन् ।
एयरलाईन्सका कर्मचारीमा काेराेना देखिएकाेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेश भटराईले दुख व्यक्त गरेका छन् । यस्ताे संकटकालकाे अवस्थामा उनीहरुले गरेकाे काम प्रशंशा याेग्य रहेकाे उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.