लकडाउनमा घर बस्ने श्रमिकलाई ५० प्रतिशत तलब, काम गर्नेलाई पुरै

  २०७७ असार २२ गते १४:५७     विकासन्युज

काठमाडौं । निजी क्षेत्रले लकडाउनको समयमा काममा रहेका कर्मचारीलाई शतप्रतिशत र घरमा बसेकाहरुलाई ५० प्रतिशत तलब दिने तयारी गरिरहेकाे छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनले श्रमिकहरुलाई पनि धेरै समस्या भएको भन्दै उद्योगी व्यवसायीले सो तयारी गरिरहेका हुन् ।

यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले एक छुट्टै समिति गठन गरेर काम पनि गरिरहेको छ । सो समितिले सरकारलाई घरमा बसेका श्रमिकहरुलाई ५० प्रतिशत र लकडाउनमा पनि निरन्तर काम गरिरहेका कामदारहरुलाई शतप्रतिशत अर्थात १०० प्रतिशत तलब दिने तयारीका साथ सरकबालाई बुझाउने तयारी भइरहेको बताइएको छ ।

निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल चेम्बर अफ कमर्शको बैशाख २ गते बसेको बैठकले लकडाउन अवधिमा कर्मचारीलाई आधा तलब दिने निर्णय गरेको थियो । अझै पनि उनीहरुलाई धेरै समस्या भएको भन्दै चैत महिनाको सतप्रतिशत तलव दिने र बाँकी महिनाको घरमा रहेकालाई ५० र काममा रहेकालाई सतप्रतिशत दिने तयारी भइरहेको महासंघका वरिष्ठ उपाध्यक्ष शेदर गोल्छाले बताए ।

उनले महासंघद्वारा गठित समितिले तयार पारेको प्रतिवदेन सरकारालई बुझाउने तयारी पनि भइरहेको बताएका छन् ।
अहिले लकडाउनका कारण उत्पन्न भएको समस्याले आ—आफ्नो उद्योग प्रतिष्ठान र क्षेत्रका लागि सो क्षेत्रसंग सम्बन्धित श्रमिक संगठन वा श्रमिकहरुसंग पनि आपसी छलफल भइरहेको छ ।

‘हामीले सुरुदेखि नै लकडाउनकमा घर बसेका श्रमिकहरुलाई ५० प्रतिशत र काममा रहेकालाई सत प्रतिशत तलब दिने भनेका थियौं, जव सरकारले सबैलाई सत प्रतिशत दिनु पर्छ भन्यो काम गर्न कोही पनि आएनन्, यसले एकदमै महत्वपूर्ण उद्योगहरुमा पनि श्रमिकहरु नहुँदा समस्या उत्पन्न भयो,’ उनले भने ।

‘लकडाउनको कारण धेरै उद्योग व्यवसायहरु समस्यामा परेकोले धेरै कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको पनि उनले स्पष्ट पारे । कति कर्मचारी कटौती गर्ने भन्ने कुराकाे अध्ययन भइरहेको छ, श्रम मन्त्रालयको हेर्ने हो भने झण्डै ५ लाख श्रमिक कटौती वा विस्थापित हुन्छन् भन्ने अनुमान गरेको छ,’ उनले भने ।

अहिले विस्तारै उद्योग व्यवसायले आफ्नो लय लिएको बताउँदै अब धेरै समस्या आफै हटेर जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.