हालसम्म कतिले भरे साधना लघुवित्तको सेयर ?

  २०७७ असार २२ गते १३:००     विकासन्युज

काठमाडौं । साधाना लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै ३८ करोड ९९ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जुन संस्थाले माग गरेकोभन्दा ५.८९ गुणा बढी हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल अनुसार असार २१ गते एकदिनमै एक लाख ५५ हजार २ सय ९६ जनाले ३८ लाख ९९ हजार ६ सय ७० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको छ ।

जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.