२०७७ असार २२ गते ८:१७ विकासन्युज
काठमाडौं । कोरोना भाइरसकाे संक्रमण बढ्न थालेपछि स्पेनले आफ्नो उत्तर-पश्चिमी क्षेत्र गलिसियामा पुनः लकडाउन घाेषणा गरेकाे छ । लकडाउनले त्यहाँका ७० हजार मानिस प्रभावित हुने बिबिसीले जनाएको छ ।
आइतबारदेखि शुक्रबारसम्म यी क्षेत्रमा कामको सिलसिलामा रहेका मानिसलाई मात्र आवतजावतको अनुमति दिइने भएको छ । एक दिन अघि स्पेनकाे क्याटोलोनिया क्षेत्रमा यसै किसिमको प्रतिबन्धको लगाइएको थियो ।
काेराेना संक्रमण बढेको भएपनि राष्ट्रिय स्तरमा भने कोरोना नियन्त्रण कार्यमा लागिरहेको छ । स्पेनमा हालसम्म २८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ, भने २ लाख ९७ हजारभन्दा बढी काेराेना संक्रमित रहेका छन् । (बीबीसीकाे सहयाेग)
Copyright © 2025 Bikash Media Pvt. Ltd.