योजना अनुगमन गर्न समन्वयको टोली गाउँगाउँमा

  २०७७ असार २२ गते ७:४१     विकासन्युज

जुम्ला । जुम्लामा कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेका विकासे योजनाको अनुगमन गर्न जिल्ला समन्वय समिति जुम्लाको टोली गाउँमा पुगेको छ । यहाँका आठ वटै स्थानीय तहमा अनुगमन टोली खटिएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए ।

उनका अनुसार एक इञ्जिनीयरसहित चार ओभरसियर र समन्वय समितिका जनप्रतिनिधिको टोली गाउँमा पुगेको छ । प्रदेश सरकारबाट विनियोजित बजेटबाट निर्माण भइरहेका हरेक विकास योजनाको अनुगमन भइरहेको छ । समन्वय समितिका उपप्रमुख बुढाले भने, “हामीले स्थानीय तहको अनुगमन समितिलाई पनि प्रदेश योजनाको अनुगमनका लागि आग्रह गरिरहेका छौं ।

समयाभावका कारण जान सकेका छैनन् ।” यहाँको कृषि कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार विकास कार्यालय, सामाजिक विकास कार्यालय, वन डिभिजन कार्यालयलगायतका प्रदेश सरकार माताहतका सबै कार्यालयका विकास योजनाको अनुगमन गर्न थालिएको उपप्रमुख बुढाले बताए । अनुगमनका क्रममा प्रदेश सरकारबाट सञ्चालित विकास योजनाको काम प्रभावकारी हुन नसकेको जिल्ला समन्वय समिति जुम्लाले जनाएको छ ।

अनुगमनपश्चात समग्र विकास गतिविधिको प्रतिवेदन कर्णाली प्रदेश सरकारलाई पठाइने छ । समन्वय समितिका प्रमुख लालबहादुर सार्की हरेक योजनाको प्रभावकारिता र पारदर्शीताका लागि निरन्तर अनुगमन गरिरहने बताए । पछिल्लो समयमा समन्वय समितिलाई विकास निर्माणका क्रियाकलापमा संलग्न गराइँदैन तैपनि अनुगमनका लागि टोली गाउँमा पुगेको प्रमुख सार्कीले बताए ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.