कोरोना अपडेट: विश्वभर ५ लाख ३६ हजारभन्दा बढीको मृत्यु

  २०७७ असार २२ गते ६:४४     विकासन्युज

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख ३६ हजार ४ सय ३६ जनाको मृत्यु भइसकेको छ । नेपाली समयअनुसार सोमबार विहान साढे ६ बजेसम्म संसारभरीका १ करोड १५ लाख ४९ हजार ३ सय ४२ जना मानिसमा कोरोना पुष्टि भएको छ । कोरोनाको उपचार पछि ६५ लाख २७ हजारभन्दा बढी मानिस निको भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । अमेरिकामा १ लाख ३२ हजार ५ सयभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ । उपचारपछि १२ लाख ८५ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् ।

उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ६ लाख ९७ हजार ८ सय ३६ जना संक्रमित पुगेका छन् । १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार उपचार पछि निको भएका छन् ।

त्यस्तै नेपालमा हालसम्म १५ हजार ७ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.