काठमाडाैं उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

  २०७७ असार २१ गते २१:३९     विकासन्युज

काठमाडाैं । आईतबार काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित रहेकाे गाैतमले बताए ।

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार७ सय ८४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.