२०७७ असार २१ गते १८:३७ विकासन्युज
काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने राजमान सुनार र विश्वमर्दन बस्नेतलाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ ।
अदालतले उनीहरु दुई जनालाई ५ वर्ष कैद सजाय तोकेको छ भने सुनारलाई १४ लाख ६९ हजार र बस्नेतलाई १३ लाख रुपैयाँ जरिवाना सुनाएको हो ।
उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नहुँदै पनि जानी बुझि रकम भुक्ताका लागि चेक काटेर दिएपछि उनीहरु विरुद्द मुद्दा दायर भएको थियो । आज पाटन अदालतले उनीहरुलाई साे सजाय सुनाएकाे हाे ।
उनीहरुलाई प्रहरीले काठमाडौंमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको थियाे । सुनार काठमाडौं महानगरपालिका १६ नयाँ बजारका हुन् भने बस्नेत धर्मस्थलीका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.