फोर्ड एन्डेभरको नयाँ माेडल नेपाली बजारमा, मूल्य एक करोड ४९ लाख रुपैयाँ

  २०७७ असार २१ गते १८:२८     विकासन्युज

काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । जसकाे मूल्य नेपाली बजारमा एक कराेड ४९ लाख रूपैयाँ ताेकिएकाे छ ।

विश्वको पहिलो १०-स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डीजेल इन्जिन राखिएको छ ।

१४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने कम्पनीकाे लक्ष्य रहेकाे छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ ।

उत्कृष्ट पर्फरमेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दायरामा रहेर गियर लक गने सुविधा पनि यसमा रहेको छ ।

पूर्ण सुरक्षा मापदण्ड पूरा गरि निर्माण गरिएको यो कार सुरक्षाका दृष्टिकोणले उत्कृष्ट छ । यसमा सात एयरब्याग, भूमि व्यवस्थापन प्रणाली जडान गरिएको छ । यसले गाडी भित्रको ध्वनिको उत्सर्जनलाई कम गर्ने प्रविधिको पनि प्रयोग गरिएको छ साथै आरामदायी, समानान्तर पार्क सहायता लगायतका फिचरहरू यसमा राखिएका छन् ।

डिजेल गेम चेन्जर-अल न्यू फोर्ड २.० लिटर ईको ब्लू इन्जिन

२०२० फोर्ड एन्डेभरमा उन्नत २.० ईकोब्लू डीजेल इन्जिन प्रयोग गरिएको छ, पछिल्लो परिस्कृत यस इन्जिन का कारण इन्धन र पर्फरमेन्सका लागि यो अतुलनिय प्याकेज बन्न पुगेको छ । यसले उत्सर्जनलाई घटाएर कम इन्धन खपत गर्दछ ।एन्डेभको यस संस्करणमा आइपुग्दा १७० पीएस पिक पावर र ४२० टर्कका साथ कम्पनीले यात्रालाई शानदार र मनोरञ्जन गराउन गाडीको पर्फमेन्सको गुणस्तरलाई निरन्तरता दिएको छ । ४x४ भेरीयन्टको ईकोब्लूयुक्त यस गाडीमा विशिस्ट इन्धन क्षमता रहेको छ जसले १२.४ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

फोर्ड इकोब्ल्यू इञ्जिन परिष्कृत स्वरुप हो, जसले ध्वनि उत्सर्जन कम्तीमा ४ डेसिबल एकाई घटाएको छ । यस गाडीमा नयाँ इञ्जिन डिजल निकास फ्लुइडको प्रयोग गरिएको छ । यस फ्लुईडले नाइट्रोजन अक्साइडको उत्सर्जन घटाउन मद्दत गर्दछ र प्रदुषण कम गर्दछ ।

सेलेक्टशीफ्ट सहित पहिलोपटक १० स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोगमा ल्याइएको यो गाडीले आरामदायी र उच्च गतिका साथ यात्रालाई विशिष्ट बनाउन मद्दत गर्दछ ।

स्टील, आल्मुनियमको मिश्रणसाथ यो कारलाई बलियो र वजनदार रुपमा निर्माण गरिएको छ जसले उत्कृष्ट प्रदर्शन गर्दछ । सेलेक्टसिफ्ट यस सेग्मेन्टको अर्को विशिष्ट विशेषता हो । विशेषगरी चुनौतीपूर्ण ड्राइभिङको समयमा ड्राइवरद्धारा नियन्त्रण गर्न सकिने गरी यस कारलाई निर्माण गरिएकोले सुरक्षाका दृष्टिकोणले यो कार चालकप्रति उत्तरदायी छ ।

विशिष्ट एसयूभी हरेक कोणले सबैभन्दा राम्रो

२०२० मा सार्वजनिक यस एन्डेभर पूर्ण एलईडी हेडल्याम्प राखिएको छ । अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइनमा निर्माण गरिएको यस एलइडी हेडल्याम्पलाई तल र माथि दुबै बिममा कम्तीमा २० प्रतिशत प्रकाश बढाउने गरी निर्माण गरिएको छ । यस लगायत यो कारमा ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, आरामदायी सिट, पावर एडजेस्टेबल ओआरवीएम लगायतका विशेषताहरु राखिएका छन् ।

यसमा आवश्यक ट्रान्सफरर्मर र टर्कका लागि उत्कृष्ट फोर ह्वील ड्राइभ सिस्टम प्रयोग गरिएको छ । यस सेग्मेन्टमा पहिलोपटक सामान्य, हिउँ परेको सडक, हिलोयुक्त सडक, घाँसयुक्त सडक र बालुवा र चट्टानयुक्त सडक गरी चारवटा मोडमा टेरेन म्यानजमेन्ट सिस्टम (टीएमएस) को प्रयोग गरिएको छ । जसले जस्तोसुकै अवस्थामा पनि गतिशील र सुविधासम्पन्न यात्राका लागि सहयोग पुर्याउँछ ।

सुरक्षाका लागि ड्राइभरको घुँडाछेउको एयरब्यागसहित यस कारमा सातवटा एयरब्यागहरु राखिएका छन् । उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका साथै ८०० मिलिमिटर वाटर वेडिङ क्षमता छ । ८ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड एप्पल कारप्ले, गुगल अटो कम्प्याटिबल, एसवाईएनसीथ्री लगायतका विशेषताहरु रहेका छन् ।

क्याविनमा आवाजलाई कम गर्ने तथा इन्जिनको ध्वनिलाई घटाउने नोइज क्यान्सिलिङ प्रविधियुक्त यस गाडीलाई बनाइएको छ । ५० प्रतिशत गाडीको छत प्यानोरेमिक सन रुफले कभर गरिएको छ । फ्लेग्जिबल सिट र कार्गो व्यवस्थापनको प्रयोग गरिएको छ । दोस्रो रो र तेस्रो रो सिट फोल्ड गरीे २ हजार १० लिटरसम्म कार्गो होल्ड गर्न सक्दछ ।

अर्धस्वचालित समानान्तर पार्क एशिस्ट, पुश स्टार्ट बटन, पछाडिको गेटमा हैंडफ्री पावर लिफ्ट, अगाडि र पछाडि दुबैतर्फ पार्किङ सेन्सर, पछाडिपट्टि पार्किङ क्यामेरा, अटोमेटिक हेडल्याम्प, अटोमेटिक वायपर्स, डीआरएल, ड्युल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, ड्राइभर र पेसेन्जर सिट ८ तरिकाले पावर एडजस्टेबल गर्न सकिने जस्ता विशेषता राखिएका छन् ।

३ वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी रहेकाे यस कार डिफ्युज सिल्भर, डायमन्ड वाइट र एब्सोल्युट ब्ल्याक गरी तीन कलरमा उपलब्ध रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.