वार्षिकोत्सवको अवसरमा अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

  २०७७ असार २१ गते १४:५०     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्नो दाेश्राे वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । कम्पनीले दुई वर्ष पार गरी ३ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार(असार २१ गते) रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

आज गरेको रक्तदान कार्यक्रममा हालसम्म ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको सुरुवात कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले रक्तदान गरेका थिए ।

साथै, इन्स्योरेन्स कम्पनीले आगामी दिनमा अझ विश्वनीय, भरपर्दो, छिटो, छरितो, व्यवस्थित एवम् प्रविधिमैत्री बीमा सेवा प्रदान गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.