ओली-प्रचण्ड वार्ता सकियो, निश्कर्ष के आयो ?

  २०७७ असार २१ गते १४:४१     विकासन्युज

काठमाडौं । सत्तारुढ नेकपा भित्र जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।

भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पारेकाे बुझिएकाे छ ।