वोमी लघुवित्तको अध्यक्षमा बिन्दीया प्रधान, सञ्चालकमा ६ जना निर्वाचित

  २०७७ असार २१ गते १३:४२     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधान नियुक्त भएका छन् । असार १९ गते सम्पन्न साधारण सभापश्चात साँझ बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई संस्थाको अध्यक्ष पदमा चयन गरेको हो ।

सो दिन बसेको आठौं वार्षिक साधारण सभाले संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना गरी ६ जनालाई सञ्चालक पदमा निर्वाचित गरेको हो ।

उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने बिन्दीया श्रेष्ठ प्रधान, बिमला उपाध्याय घिमिरे, किशोरी थापा र नरेन्द्र कुमार प्रसाईलाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै, सर्वसाधारण तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने कृष्ण राज सिलवाल र शिव प्रसाद मिश्रलाई निर्विरोध निर्वाचित गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.