चन्द्रागिरिमा दुई वर्षमा ६७ उजुरी

  २०७७ असार २१ गते १३:१३     विकासन्युज

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा पछिल्लो दुई वर्षमा विभिन्न घटनाका ६७ उजुरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ४६ र आर्थिक वर्ष २०७६/७७ मा २१ उजुरी दर्ता भएका हुन् । ती उजुरीमध्ये अधिकांश घरजग्गा र बाटोसम्बन्धी रहेका छन् ।

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक लिशा नकर्मीले जग्गा, करारसम्बन्धी, मानाचामल, ढल , घरेलु हिंसासम्बन्धी बढी उजुरी आउने गरेको जानकारी दिए । नगरपालिकाले उजुरी आएका अधिकांश मुद्दा मिलान गरिसकिएको छ । “हामी निरन्तर छलफलमा छौँ, बाँकी रहेका मुद्दा पनि चाँडो टुङ्गो लगाउँछौं”, उनले भने । नगरपालिकाले उजुरी आएपछि सात दिनको म्याद तामेली राखेर छलफल चलाउँदै आएको छ ।

उनले उजुरी दिने व्यक्ति, उजुरी कसका लागि दिएको हो सो व्यक्तिसँग छुट्टाछुट्टै छलफल गर्ने र पछि दुवै जनालाई बोलाएर संयुक्त छलफल गरेर मुद्दा टुङ्ग्याउँदै आएको बताए । नगरपालिकाले मुद्दाको टुङ्गो लगाउन मेलमिलाप कर्तासमेत तोकेको छ ।

४० भन्दा बढी व्यक्तिलाई मेलमिलाप कर्तासम्बन्धी तालीम दिइसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको इजलास हरेक हप्ताको सोमबार बस्दै आएको छ । नगरपालिकामा धेरै मुद्दा दर्ता भए इजलास समय पनि थप गर्दै लैजाने उनले बताए ।   रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.