विश्वभर सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ

  २०७७ असार २१ गते १३:००     विकासन्युज

जेनेभा । विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३ सय २६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए । उक्त अवधिमा ब्राजिलमा ५३ हजार २ सय १३ र संयुक्त राज्य अमेरिकामा ४८ हजार १ सय ५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो ।

आइतबारसम्ममा विश्वभर १ करोड १३ लाख ८६ हजारभन्दा बढी कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । समाचार तयार पार्दासम्म यो भाइरस सङ्क्रमित ५ लाख ३३ हजार ६ सय १९ जनाको ज्यान गुमेको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको छ ।

सङ्क्रमणका कारण सबैभन्दा बढी अमेरिकामा १ लाख ३२ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६४ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ । अमेरिका र ब्राजिलमा क्रमशः २९ लाख ३५ हजार ७ सय ७० र १५ लाख ७८ हजार ३ सय ७६ व्यक्ति सङ्क्रमित रहेका छन् ।

रूसमा सङ्क्रमित सङ्ख्या छ लाख ७४ हजार ५ सय १५ रहेको छ भने मृत्युदर अन्य ठूला मुलुकको तुलनामा कम रहेको छ अर्थात् कोभिड–१९ का कारण रूसमा दश हजार २७ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै भारतमा ६ लाख ७३ हजार ९ सय ४ सङ्क्रमित र १९ हजार २ सय ७९ मृत्यु, पेरूमा २ लाख ९९ हजार ८० सङ्क्रमित र १० हजार ४ सय १२ मृत्यु, स्पेनमा २ लाख ९७ हजार ६ सय २५ सङ्क्रमित र २८ हजार ३ सय ८५ मृत्यु, चिलीमा २ लाख ९१ हजार ८ सय ४७ सङ्क्रमित र ६ हजार १ सय ९२ मृत्यु भएको छ । बेलायतमा सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार ९सय रहेको छ भने ४४ हजार १९८ जनाको मृत्यु भएको छ ।

यसबाहेक बढी सङ्क्रमित र मृत्यु भएका मुलुकहरूमा मेक्सिको, इटली, इरान, पाकिस्तान, साउदी अरब, टर्की जर्मनी र चीन रहेका छन् ।   रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.