गोंगबुस्थित बसपार्कमा आगोलागी हुँदा १२ वटा माइक्रोबसमा क्षति

  २०७७ असार २१ गते १०:२५     विकासन्युज

सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको गोंगबु स्थित नयाँ बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ ।

ग्यारेजभित्र रोकी राखिएका माइक्रोबसहरुमा आगो लागेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । आगलागिबाट ८ वटा माइक्रोबस पूर्ण रुपमा क्षति भएको र ४ वटा बस आंशिक रुपमा जलेको प्रहरीले जानकारी दिएको छ । रोकेर राखेका बसहरुमा आगो कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.