२०७७ असार २१ गते १०:१२ विकासन्युज
काठमाडौं । काेराेनाकाे कारण एक सातामा विदेशमा रहेका १३ नेपालीकाे मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघकाे अनुसार गएकाे एक सातामा विदेशमा रहेका १३ काेराेना संक्रमित नेपालीकाे मृत्यु भएकाे हाे ।
संघकाे स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो। समितिका अनुसार शनिबार साँझसम्म नेपाल बाहिर १४ देशमा १ सय ४३ जना नेपालीले कोरोनाकाे कारण ज्यान गुमाईसकेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.