विश्वमा १ करोड १३ लाखभन्दा बढी कोरोना संक्रमित, ६४ लाख बढि निकाे भए

  २०७७ असार २१ गते ६:२०     विकासन्युज

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १ करोड १३ लाख ७१ हजार ६ सय ४९ पुगेको छ । नेपाली समय अनुसार बुधबार विहान साढे ६ बजेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३२ हजार ८ सय ५६ जना रहेको छ ।  त्यस्तै ६४ लाख ३१ हजार १ सय ८५ जना उपचार पछि निको भएका छन् ।

सबैभन्दा बढी २९ लाख ३५ हजार ४ सय २७ जना कोरोना संक्रमित अमेरिका रहेका छन् जहाँ मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ३ सय १३ पुगिसकेको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजार ९ सय ४ रहेका छन् भने १९ हजार २ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा हालसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना पुष्टि भएको छ भने ३४ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार ४ सय १५ जना उपचार पछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.