गत वर्षमा प्रिमियर इन्स्योरेन्सको मुनाफा साढे २६ करोडभन्दा बढी

  २०७७ असार २० गते २०:५२     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष (२०७५/७६) मा खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ ।

२६ औं वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले वार्षिय प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

‘आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरि खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रहेको छ’ अध्यक्ष श्रेष्ठले भने ।

सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना संचालक केदार नारायण मानन्धर तथा बलराम श्रेष्ठ पुन निर्विरोध निवाचित भएका छन् ।  उक्त साधारण सभा केन्द्रिय कार्यालय भवनको सभा कक्षमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.