बझाङ अपडेटः हेलिकप्टर पठाउने तयारी गरिँदै

  २०७७ असार २० गते १२:१२     विकासन्युज

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाउँमा गएको पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्दार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले वेपत्ता भएकाहरुको उद्दार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको बताएका छन् ।

तर, त्यसको लागि त्यहाँको वस्तुस्थिती यकिन गरेर मात्र हेलिकप्टर उड्ने उनको भनाई छ । ‘घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ, हेलिकप्टर आवश्यक भए–नभएको एकीन गरेपछि मात्रै उड्नका लागि अनुरोध गरिने छ,’ उनले विकासन्युजसँग भने ।

प्रहरी र जनप्रतिनिधि घटना स्थलमा पुगिसकेको उनले जानकारी दिए । स्थानीयका अनुसार अहलिे सम्म २ जनाको शव भेटिसकेको छ । धेरै मानिस अझै वेपत्ता भउको अनुमान गरिएको छ । पहिरोमा १७ वटा घर पुरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.