बझाङ पहिरो अपडेट: दुई जनाको शव फेला पर्याे

  २०७७ असार २० गते ११:३०     विकासन्युज

काठमाडाैं । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेकाे छ । स्थानीयले बताए अनुसार दुई  जनाकाे शव भेटिए पनि अझै धेरै वेपत्ता नै छन् ।

पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीयले बताएका छन् ।

शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । मल्लेसी गाउँमा ४० परिवारको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.