साढे ४६ हजारले पाए एनआईसी एशिया लघुवित्तको २० कित्ता सेयर

  २०७७ असार २० गते १०:१३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शनिबार बाँडफाँड भएको छ । जसमा भाग्यशाली ४६ हजार ५ सय ७९ जनाले २० कित्ताको दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त सेयरमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर पाएका छन् । जसमध्ये ४६ हजार ५ सय ७९ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरी जम्मा २० कित्ता सेयर हात पारेका हुन् ।

उक्त सेयरमा कूल ४ लाख १४ हजार एक सय ८० जनाले आवेदन दिएका थिए । जसमध्ये ३ लाख ९७ हजार ७ सय ४१ जनाको आवेदन मात्र योग्य रहेको थियो । बाँकी १६ हजार ४ सय ३९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

गत असार १० गतेदेखि असार १४ गतेसम्म बिक्री खुला भएको उक्त आईपीओमा ४ लाख १४ हजार एक सय ८० जनाले कूल २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबर अर्थात २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ता सेयर माग गरेका थिए ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ५.१९ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो ।

संस्थाले एक सय अंकित मूल्य रहेको कूल ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेको हो । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.