सङ्खुवासभाका भूकम्प पीडितलाई दिईयाे निःशुल्क जग्गा

  २०७७ असार २० गते ९:२७     विकासन्युज

खाँदबारी । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सङ्खुवासभा सिलिचोङ गाउँपालिका–३ खोप्नेका १३ भूकम्पपीडित परिवारलाई साढे १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । उक्त जग्गा जिल्ला आयोजना कार्यान्वयन एकाइले खरिद गरेर पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो । सदरमुकाम खाँदबारीमा शुक्रबार आयोजित कार्यक्रममा प्रदेश सांसद तुलसीप्रसाद न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले पीडित परिवारलाई लालपुर्जा हस्तान्तरण गरे ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट जग्गा जमिन गुमाएकालाई निःशुल्क जग्गा उपलब्ध गराएपछि पीडित खुशी भएका छन् । १३ परिवारलाई एकीकृत बस्तीको रुपमा व्यवस्थापन गरेको छ । प्राधिकरणले ती परिवारका लागि सडक, पानी, बिजुलीको पनि उपलब्ध गराउने भएको छ । पीडित परिवारलाई दिइएको जग्गा १० वर्षसम्म बिक्री वितरण नहुने गरी मालपोत कार्यालयमा रोक्का राखिने जिल्ला आयोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवीन देवले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.