प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा मानन्धर र श्रेष्ठ पुनः निर्वाचित

  २०७७ असार १९ गते १७:४७     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केदार नारायण मानन्धर र बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकलाई पुनः निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ र २६ करोड ५८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.